पूर्वसभासदले नै हानिन् एमालेको गाडीमा जुत्ता

  • सुनसरी, २३ फागुन। 
इनरुवामा एक जना पूर्वसभासदले एमालेको गाडीमाथि जुत्ता प्रहार गरेकी छन् । संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले मेची महाकाली अभियानको अगुवा गाडीलाई आफ्नो जुत्ता हानेकी हुन् ।

सुरुमा कालो झण्डा देखाएर बिरोध जनाएपनि गाडी अगाडि बढेपछि पछ्याउँदै गएकी उनले आफ्नो जुत्ता खोलेर गाडीमा हिर्काएकी हुन् । यतिले मात्र उनको आक्रोश थामिएन र, अर्को खुट्टामा रहेको जुत्ता पनि फुकालेर हानिन् ।

झापाबाट सुरु भएको नेकपा एमालेको मेची-महाकालीको मधेसी मोर्चाको चर्को विरोधको गर्दै आएको छ । आज सप्तरीमा मोर्चाले लाठी जुलुस समेत निकालेको थियो ।

झुम्कामा कालोझण्डासहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । एमालेको झण्डा राोको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...