गगन थापा पक्षधरले काँग्रेस सभापति देउवालाई दिए पार्टी छाड्ने देखि कुट्नेसम्मका धम्की !

  • काठमाडौं । 
स्वास्थ्य मन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउने निश्चित भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नै नेतृत्व बिरुद्ध खरो विरोधमा उत्रिएका छन ।

काँग्रेसका नेता तथा कार्यकर्ताले थापालाई मन्त्रीबाट हटाए कांग्रेस पार्टी छाड्ने चेतावनी मात्र दिएनन् पार्टी सभापति शेर बहादुर देउवालाई जहाँ भेट्यो त्यही कुट्ने धम्कीसम्म दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा देउवाकाे घाेर विराेध भइरहेकाे छ ।  केहीले त थापालाई रबीन्द्र मिश्रको साझा पार्टीमा लाग्न समेत सुझाव दिन भ्याइसकेका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले काँग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रालय र माओवादीका तर्फबाट अन्य एक मन्त्रालय खाली गरी सुम्पिने समझदारी गरेका छन् ।

यो समझदारी प्रचण्ड, देउवा र गच्छदारबीच भइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । मधेसी मोर्चाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको अवस्थामा सरकारमा फोरम लोकतान्त्रिकलाई पनि सहभागी गराउन प्रचण्ड र देउवा सक्रिय छन् । 

हेर्नुहोस् कसले के - के भने ?




, ,

प्रतिकृया दिनुहोस्

Loading...