यातायातका अधिकृत रंगेहात समातिए

काठमाडौं, १९ फागुन ।
यातायात व्यवस्था विभागका एक शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागभित्रै घुस लिँदा-लिँदै अधिृकत अर्जुप्रसाद रिजाललाई रंगेहात पक्राउ गरेको हो ।
यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमा आयोगले टोलीले छापा मारेको थियो । अधिकृत रिजाल २५ हजार रुपैयाँ घुसरकम सहित पक्राउ परेका हुन् ।
यातायातका शाखा अधिकृत रिजालले सोह्रखुट्टेस्थित महानेपाली मोटर ड्राइभिङ सेन्टरको दर्ता प्रयोजनमा घुस मागेका थिए ।
पूर्वसूचनाका आधारमा गएको आयोगको टोलीले घुस बुझ्दा बुझ्दै रिजाललाई नियनत्रण लिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...