गिरफ्तार कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता अझै रिहा भएनन्

इमान्दर मिडिया संवाददाता ।

कञ्चनपुर हत्याकाण्डका विराेध गर्दै नेपाल कम्युनिष्ट पार्टीले अायाेजना गरेको बन्दका क्रममा गिरफ्तार भएका नेता कार्यकर्ता अझै रिहा हुन सकेका छैनन् ।

कम्युनिष्ट पार्टीका काठमाडौं जिल्ला सदस्य रजमान लामा, क्रान्तिकारी विद्यार्थी संगठनका सन्तोष खड्का र उषाकिरण अझैं पनि प्रहरी हिरासतमा रहेको स्वाे पार्टीले बताएको छ ।

लामालाई बालाजु प्रहरी बिटमा राखिएको छ भने सन्तोष र उषाकिरणलाई कालिमाटी प्रहरी चौकीमा राखिएको छ ।

गत फागुन २६ गते कञ्चनपुर पुनर्वासका ८ का गाेविन्द गाैतमलार्इ भारतीय एसएसबीले सिमानाकामा गाेली हानी हत्या गरेपछि त्यसकाे विराेधमा नेपाल कम्युिनष्ट पार्टीले २८ गते नेपाल बन्द अाह्रवान गरेकाे थियाे । साेहि क्रममा लामा, खड्का र किरणलार्इ प्रहरीले पत्यकाबाट पक्राउ गरेकाे थियाे ।

देशको युवामाथि खुलेआम भारतीय पक्षद्धारा गोली हानेर मारिदा समेत गर्दा चुपचाप सहेर बस्ने सरकारले राष्ट्रिययताको पक्षमा आवाज उठाउने देशभक्त युवाहरूलार्इ लगेर थुनामा राख्नु लज्जास्पद भएकाे उक्त पार्टीले जनाएकाे छ । अाफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न समेत नेपाल कम्युनिष्ट पार्टीले माग गरेकाे छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...