गोविन्द गौतमको शव यात्राको तयारी हुँदै, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
- कञ्चनपुर, २९ फागुन ।
कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्राको तयारी भइरहेको छ ।
स्थानीय दोदा नदीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुअघि अहिले गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा गर्ने तयारी गरिएको बताइएकाे छ ।
अस्पतालबाट शव यात्रा गरेर गौतमको शव झण्डै ६ किलोमिटर टाढाको दोदा नदी किनारमा लगिनेछ । दोदा नदी किनारबाट ६÷७ किलोमिटर टाढा गौतमको घर रहेको आनन्द बजारसम्म शव लैजाँदा स्थिति अनियन्त्रित हुनसक्ने भन्दै स्थानीय प्रशासनले दोदा नदी किनारमै अन्त्येष्टि गर्न परिवारसँग आग्रह गरेको हो ।
आनन्दबजार लगायत ५ सय मिटर आसपासमा शनिबारदेखि अन्त्येष्टि नहुँदासम्मका लागि निषेधीत क्षेत्र घोषणा गर्ने गरिएको छ । गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।
दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसवीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...