मनहरीमा गाँजा तस्कर र प्रहरीबीच गाेली हानाहान



हेटौंडा, १६ चेत्र ।

मनहरीमा मंगलबार गाँजा तस्कर र प्रहरी बीच गाेली हानाहान भएको छ । 

पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरु फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ ।

जवाफी फायरिङ गरेपछि उनीहरु गाँजा र चरेशका बोरा छाडेर भागेका छन् । 

मनहरी ६ नयाँबस्तीमा फायरिङ भएको हो । तस्करहरुले ५-६ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेश बरामद गरेको छ । गाँजा र चरेश बाेक्ने केही भरिया भने पक्राउ परेका छन् । यस बिषयमा थप अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...