मातृभूमिका लागि भारतसँग लड्दालड्दै ज्यान गुमाएका गोविन्द सहिद घोषित



काठमाडौं, २८ फागुन ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर ज्यान पुमाएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ ।

एसएसबीले नेपाली भूमिभित्र प्रवेश गरी मच्चाएको हत्या-अातंकको प्रतिकार गर्ने क्रममा गौतमको बिहीबार गोली लागेर मृत्यु भएको थियो । एसएसबीले राष्ट्रियतामाथि नै धावा बोलेर हत्या-अातंक मच्चाउँदा समेत हेरेर बसेको भन्दै व्यवस्थापिका संसदमा सांसदहरुले सरकारसँग जवाफ मागेका थिए ।

सांसदहरुको जवाफ दिने क्रममा गृहमन्त्री विमलेन्‍द‍्र निधीले गौतमलाई सहिद घोषित गरेर सम्मानका साथ अन्त्येष्टि गर्ने, सन्तानलाई नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने, पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

भारतीय सीमाभन्दा निकैभित्र निर्माणाधीन कल्भर्टका विषयमा स्थानीय नेपालीसँगको विवादमा एसएसबीका अधिकारीले बिहीबार गोली प्रहार गर्दा गौतमको मृत्यु भएको थियो । अर्का एकको उपचार भइरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...