आन्दोलित स्थानीयले अस्पतालबाट गौतमको शव निकाल्न दिएनन्
- हेमन्त न्यौपाने ।
- पुनर्वास, २९ फाल्गुन ।
सिमा नाकामा भारतीय एसएसबीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शवलाई सेती अस्पतालबाट गृहनगर लग्न कठिन भएकाे छ ।
आन्दोलित स्थानीयले धनगढी स्थित हस्पिटलबाट शब निकाल्न समेत अवरोध गरेका छन । दोषीको पहिचान हुनुपर्ने, अपराधीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनु पर्ने र पुनर्वासका मुद्दा लाई सम्बोधन नगरेसम्म गाैतमकाे शब अन्तिम संस्कारका लागि लग्न नदिने स्थानीयहरूले बताएका छन ।
गौतमको शवलाई आज कैलाली धनगढीबाट गृहनगर पुनर्वास ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने कार्यक्रम रहेको थियो । अझै पनि शब ल्याउन पहल भइरहेकाे यहाँका राजनीतिक दलहरूले बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...