सहिद गोविन्द गौतमबारे अझै बेखबर छ प्रचण्ड सरकार, बाटो कुर्दै बसेका छन् आफन्त (भिडीयोसहित)
- हेमन्त न्यौपाने ।
सरकारले गौतमको मृत्यु पश्च्यात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमले सरकारलाई ध्यानाकर्षण गराएपछि मृत्यु भएको भोलि पल्ट नै सहिद घोषणा त् गर्यो । देशकाे अस्तित्व रक्षाका लागि लड्दा लड्दै अाफ्नाे ज्यानकाे अाहुति दिएका गाैतकाेबारे बुझ्नुसम्म पनि सरकारका तर्फबाट अहिलेसम्म काेही गएकाे छैन ।
त्यतिमात्र हाेइन, गाैतमलार्इ सहिद घोषणा गर्दै उनका परिवारलाई तत्काल राहत स्वरुप १० लाख उपलब्ध गराउने प्रचड सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गर्यो । घटनाको अाज ७ औं दिन पुग्दा पनि न त कुनै सरकारको प्रतिनिधित्व गर्ने निकाय पुनर्वास पुगेको छ न सरकारले घोषणा गरेको कुनै राहत नै ।
'अहिलेसम्म न त कुनै सरकारी निकाय पुगेको छ, न त सरकार राहत ! आज संघर्ष समितिले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाएको छ ।' बुधबार सहिद गौतमका ७२ बर्षिय वृद्ध बुवा खेमलाल गौतमले इमान्दार मिडियासँग अाफ्नाे कुरा पाेखे ।
पिडित पक्षले विभिन्न माग राख्दै बुधबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाललाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।
सिमा क्षेत्र यथासिघ्र छुट्याएर सिमालाई दीर्घकालीन समाधान खोजिनु पर्ने, पुनर्वासमा ससस्त्र प्रहरीको क्याम्प स्थापना हुनुपर्ने, सहिद परिवारलाई सरकारले घोषणा गरेको क्षतिपुर्ती थप गरिनुपर्ने, घाइतेहरुको खोजी गरि तत्काल उपचार रकम उपलब्ध गराउनु पर्ने, दोषीको पहिचान गरि दोषी उपर कारबाहीको लागि पहल गर्नुपर्ने मागहरुसहितकाे ज्ञापनपत्र खनाललाई बुझाइएकाे घटना संघर्ष समितिका संयोजक कृष्ण तामाङ्गले बताए ।
प्रमुख जिल्ला अधिकारी खनालले दुई देसीय सिमाविदहरु आएर सो क्षेत्र अवलोकन गरेर गइसकेको हुँदा तत्काल सिमानाका समस्या समाधान हुने अाश्वासन अाएको संयोजक तामाङ्गले बताए । सहिद गौतमका जेठा दाजु विष्णु गौतमले सरकारले सुकुम्बासीमा सानो कटेरो बनाएर बसेका परिवारलाई अहिलेसम्म कुनै प्रतिनिधिहरु आएर सन्त्वना तथा राहत उपलब्ध नगराएकोप्रती दु:ख व्यक्त गरे । सरकारले सहिद घोषणा गरेपनि सहिद परिवारलाई घोषणा गरिएका राहतहरु उपलब्ध नगराउदाँ पीडा झन चुलिएको उनकाे दुखेसाे छ ।
यता कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ का सांसद दिवानसिंह बिष्टले सरकारसंग तत्काल राहत रकम उपलब्ध गराउन पहल गररहेकाे नेपाली कांग्रेस पुनर्वास सभापति यम प्रसाद पौडेलले बताए । हामीले याे समाचार सम्प्रेषण गरिरहँदा पुगेका ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका प्रमुख नागेन्द्र प्रसाद जोशीले गृह मन्त्रालयले फागुन २८ गते सहिद घोषणा गरिएको पत्र लिएर आएका थिए ।
'आज ५ दिन पछि मात्र पत्र लिएर आउनु भएको छ,, सरकारले उपलब्ध गराउने भनी घोषणा गरिएको राहत पनि आइपुगेको छैन नत कुनै प्रतिनिधि नै आएको छ ? भनेर गरिएकाे प्रश्नकाे जवाफ दिदै उनले प्रहरी मार्फत पत्र पहिले नै पठाइएको र राहत रकमका लागि पहल भएको बताए छन ।
२०७३ चैत्र २ गते प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...