एसएसबीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको शव यात्रा सुरु
- कञ्चनपुर,२९ फागुन ।
स्थानीय दोदा नदीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुअघि अहिले गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा निकालिएको त्यहाँबाट पत्रकार हेमन्त न्यौपानेले इमान्दार मिडियालाई बताए ।
फूलमाला र ब्यानरसहित गौतमको शवयात्रा सुरु भएको छ । अस्पतालबाट शव यात्रा गरेर गौतमको शव झण्डै ६ किलोमिटर टाढाको दोदा नदी किनारमा लगिनेछ । गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुनेछ।
दोदा नदी किनारबाट ६÷७ किलोमिटर टाढा गौतमको घर रहेको आनन्द बजारसम्म शव लैजाँदा स्थिति अनियन्त्रित हुनसक्ने भन्दै स्थानीय प्रशासनले दोदा नदी किनारमै अन्त्येष्टि गर्न परिवारसँग आग्रह गरेको हो ।
दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसवीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।
गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...