शहिद गोबिन्द गौतमको शवयात्रामा हजारौं सहभागी (भिडीयोसहित)
- हेमन्त न्यौपाने
- कञ्चनपुर, २९ फागुन ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको शवयात्रामा हजारौं स्थानीय सहभागी भएका छन् ।
गत बिहीबार ज्यान गुमाएका गौतमको सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको शवयात्रा उनको गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पुगेपछि नेपाल प्रहरीकाे ११ तोपको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
शवयात्रामा कैलाली र कञ्चनपुरका स्थानीयहरू, सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतकाे सहभागिता रहेकाे छ ।
पुनर्वास नगरपालिकाको आनन्दबजारको नेपाल-भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर ज्यान गुमाएका गौतमलाई सरकारले शहीद घोषणा गरेको छ ।
हेर्नुहोस् भिडियाे
प्रतिकृया दिनुहोस्
Loading...