काठमाडाैंमा झडप : राप्रपा कार्यकर्ता र प्रहरीबीच हानाहान

- काठमाडौं, ७ चैत ।
झडपका क्रममा प्रहरीले अश्रुग्यास हान्नुका साथै साठी समेतचार्जसमेत गरेकाे छ भने प्रदर्शनकारीहरूले पनि प्रतिकारमा ढुंगा हानाहान गरेका छन्।
पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता तथा कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका बेला झडप भएकाे हाे ।
शान्तिबाटिकाबाट सुरू भएकाे राप्रपाकाे जुलुस कान्तिपथ पुगेपछि प्रहरीले रोक्न खाेजेकाे थियाे, त्यसपछि तनावकाे स्थिती सिर्जना भएकाे बताइएकाे छ ।
प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ भने राप्रपा कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...