कलाकार हरिबंश आचार्य चढेको गाडी दुर्घटनाग्रस्त
आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई पछाडीबाट आएको बसले ठक्कर दिएको बुझिएको छ । सर्वोच्च अदालत अगाडी रामशाहपथमा उनको गाडीलाई बसले ठक्कर दिएको बताइएको छ । उनको गाडी क्षतिग्रस्त भएको छ ।
अचार्यले भने आफू सुरक्षित रहेको बताएका छन् । ‘म सुरक्षित छु, मलाई केहि पनि भएको छैन । मान्छेले बाटो काट्दा दुर्घटना भयो । धन्न कुनै मानवीय क्षति भएन । गाडी चाहिं क्षतिग्रस्त भएको छ ।’ आचार्यले इमान्दार मिडियासँग भने ।

उनका अनुसार गाडी गुडिरहेको अवस्थामा एक जना व्यक्तिले सडक काटेपछि दुर्घटना भएको हो । मान्छेले बाटो काटेपछि आचार्यले ब्रेक लगाएका थिए । त्यहिबेला पछिबाट आएको बसले उनको कारलाई ठक्कर दिएको हो ।
२०७३ चैत्र १७ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...