नवराज सिलवाललाई अाइजीपी बनाउन सर्वोच्चकाे परमादेश जारी


काठमाडौं, ८ चैत । 


सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले मंगलबार जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर गर्दै र सिलवालको नामै किटेर प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको हो ।

तेस्रो वरियताका डीआईजी जय बहादुर चन्दलाई प्रहरी नियमावलीविपरीत महानिरीक्षक नियुक्त गरेको भन्दै प्रथम वरियताका डीआईजी नवराज सिलवाल पक्षको तर्फबाट रिट निवेदन दर्ता गरिएको थियो । मंगलबार रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार सरकारको निर्णय बदर भएको फैसला सुनाएको हो ।

चन्दको नियुक्ती विवादित बनेपछि सरकारले स्वास्थ्यपट्टिका डा. दिनेशचन्द पोखरेलाई कामु आई नियुक्ति गरेको थियाे । सर्वोच्चको फैसलासँगै चन्द डीआईजीबाटै रिटार्यड भएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...