जाजरकोट बस दुर्घटना अपडेट : मर्नेको संख्या २६ पुग्यो, सनाखत भएकाहरुको नामावलीसहित

इमान्दार मिडिया संवाददाता ।

जाजरकोटमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

सदरमुकामबाट सीमा गाविसको सिस्ने खारातर्फ गइरहेको ना २ ख २२७९ नम्वरको यात्रुवाहक बस जाजरकोटकस्थित भेरी मालिका नगरपालिकाको वडा नं ४ पासागाडमा पुगेपछि दुर्घटमा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये २० जना पुरुष तथा ६ जना महिला रहेको बताइएको छ । यसमध्ये १७ जनाको सनाखत भएको छ ।

बस  ४ सय मिटर भन्दा अग्लो भीरवाट पासागाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । दुर्घटनामा घाइते ३६ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 

सनाखत भएकाहरुको नामावली

१ - हरिबहादुर शाही, दार्खाकोट २
२ - मणिराम जैसी, बसेरा २
३ - मदन पुन, सीमा ९
४ - सन्तक सुनार, भेरी मालिका नपा ३
५ - गोपाल सुनार, भेरी मालिका नपा ११
६ - शर्मिला सुनार, भेरी मालिका नपा ११
७ - गणेश बोहरा, भेरी मालिका नपा ४
८ - नविन चन्द, भेरी मालिका नपा ४
९ - सन्तोष राना, भेरी मालिका नपा १०
१०- झुसा गिरी, भेरी मालिका नपा १३
११- उदय बुढा, सुइकोट ८, साल्मा
१२- बीरबहादुर बुढा, दसरा १
१३- कृष्ण गिरी, चौरझारी ४
१४- नन्दलाल जोशी, साल्मा ५
१५- बहादुर मोनारी, भेरी मालिका नपा १२
१६- दले त्रुवा, मजकोट ७
१७- राम बहादुर बस्नेत, लह ४

२०७३ फागुन २६ मा प्रकाशित । 

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना, २० जनाको मृत्यु, ३९ घाइते

, ,

प्रतिकृया दिनुहोस्

Loading...