बाटोको छेउमा दिसा गर्ने १७ जना प्रहरी फन्दामा
- जनकपुर, १७ चैत ।
जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरी जना प्रहरी फन्दामा परेका छन् ।
खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा शौचालय बनाउन र जथाभावी दिसापिसाब नगर्न पटक पटक गरिएको आग्रहलाई अटेर गरी खुल्ला ठाउँमा दिसा गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको मुजेलिया प्रहरी कार्यालयका ईन्चार्ज टीका बरालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई एक अर्काको कान समात्न लगाई सजाय दिएको र सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...