रक्सीले खाएर मातिएका कपिल शर्माले गरे प्लेनमै कुटपिट


कमिडि स्वाे चलाएर मिडियामा छाएका कपिल शर्मा अर्को एक घटनाका कारण विवादमा आएका छन्।

उनले आफ्नो कमेडी शोमा सुनिल अर्थात 'डा. मशहुर गुलाटी'लाई अस्ट्रेलियाबाट फर्किने क्रममा अपशब्द प्रयोग गर्दै हातपात गरेपछि यस्तो हुन पुगेको हो। भारतीय संचारमाध्यमका अनुसार कपिलले त्यतिबेला रक्सीले मातिएका थिए। कपिलको सो हर्कतलाई नियन्त्रण गर्न प्लेनका कर्मचारी नै आउनुपरेको थियो।

कपिलले त्यस्तो गरे पनि उनका सहकर्मी साथी कलाकार सुनिल ग्रोभरले कपिलले मातेर गरेको हर्कतका लगि अन्य यात्रुसँग माफी मागेका थिए। घटनाका बारेमा कपिल तथा सुनिल स्वयंमले कुनै प्रतिक्रिया जनाएका छैनन्।

झगडापछि सुनिलले कपिलको शोमा काम नगर्ने मनस्थिति बनाएको पनि भारतीय मिडियाले आफ्नो समाचारमा उल्लेख गरेका छन्। आफ्नी लामो समयदेखिकी प्रेमिका गिन्नी चतरथलाई ट्विटरबाट सार्वजनिक गरेर उनी मिडियामा निक्कै छाएका कलाकार हुन ।

२०७३ चैत्र ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...