कर्णाली नदीमा पौडी खेल्दा खेल्दै दुईजना बेपत्ता, खोजी कार्य जारी
कालिकोट, १८ चैत ।
कालिकोटको लालिघाट जिते बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा खेल्दै दुईजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य रहेका छन् ।
प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् ।
बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...