यस्तो खरायो, जसले अमेरिकाजस्तो शक्तिशाली देशलाई बनायो हैरान
खरायोलाई धेरैले मायालाग्दो जनावरका रुपमा लिन्छन् । तर अमेरिकाको वासिंगटनस्थित ल्यांगली शहरवासीलाई भने यो जनावरले समस्या सिर्जना गरेको छ ।
थुप्रैको संख्यामा रहेका जंगली खरायोहरुले रोग फैलाउनसक्ने भन्दै विडवे आइल्याण्डस्थित ल्यांगली शहरका वासीन्दा त्रसित छन् ।
दक्षिण विडवे स्कुलका ब्रायन मिलार भन्छन्, खरायोबाट सर्नसक्ने रोगलाई लिएर स्थानियवासी त्रसित छन् ।
अहिले खरायोले विद्यालयको फुटबल मैदानमा खोस्रिएर प्वाल पारिसकेको छ । त्यस्तै थुप्रै स्थानियवासी खरायोले बोट विरुवा नस्ट गरेको भन्दै चिन्तित छन् ।
अहिले खरायो देखेपछि स्थानियवासी हैरान हुने गरेका छन् । ल्यांगलीका प्रहरी अफिसर डेभ मार्कस् समस्या सिर्जना गरेपछि खरायोलाई मार्न नहुने पक्षमा छन् । यस भेगमा अहिले खरायोको संख्या बढ्दो छ ।
एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...