रेडियाे नेपाल छाेडेर राप्रपामा लागेकी कोमल ओली प्रहरीको लाठीचार्जबाट घाइते

  • इमान्दार मिडिया, काठमाडौं ७ चैत्र । 

केही समय पहिले मात्र राप्रपामा प्रवेश गरेकी काेमल ओलीले राजनीतिक अान्दोलनमा पहिलो पटक प्रहरीको लाठी र अश्रुग्यास खाएकी छन् । कलाकार समेत रहेकी ओली यसअघि रेडियाे नेपालमा कार्यरत थिइन ।

निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाइदिएको विरोधमा सोमबार आयोग धर्नाको क्रममा राप्रापाका नेता पशुपति जबरा, कमल ओलीसहित दर्जन नेता-कार्यक्रम घाइते भएका छन् ।

जुलुस जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको थियो । राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी ओलीको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।


घाइतेहरुको वीर अस्पताल र बागबजारस्थित मोडेल अस्पतलमा उपचार भइरहेको छ । राप्रपा अध्यक्ष कमल थापाले घाइतेको अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...