अब घरमै बसेर यसरी भर्नुहोस् कोरिया भाषा परीक्षा फारम, लाइन बस्नुपर्ने झन्झट नै सकियो
- काठमाडौं ।
वैदेशिक रोजगारको लागि सबैभन्दा आकर्षक मानिएको दक्षिण कोरिया जान नेपाली युवा–युवतीको तछाड मछाड नै छ । माग ७ हजारको भएपनि एक लाखभन्दा धेरैले फारम भनेर प्रतिस्पर्धामा उत्रछन् ।
फारम भर्न नै २४ घण्टासम्म लाइनमा बसेको दृश्य लेखिदै आएको छ । हेर्दा यस्तो लाग्छ यदि कोरिया जान भिषा नचाहिने भए नेपालमा कोही भेटिदैन । विगतमा लाइन नियन्त्रण गर्न प्रहरीले लाठी समेत हन्ने गरेको थियो ।
सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदारको लागि फारम आवेदन बुधबारबाट सुरु भएको छ । यो पटक सबैले लाइनमा बस्नु नपर्ने भएको छ । कम्प्युटर चलाउन जान्ने वा इन्टरनेट सेवा प्रयोग गर्नेहरुले आफै फरम भर्न सक्नेछन् ।
आगामी २०७४ जेठ २७ र २८ गते हुने इपीएस भाषा परीक्षाको लागि फारम खेलेको हो । लाइन बस्न गारो भएपछि वैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन फारम भर्ने प्रणाली सुरु गरेको हो ।
www.eoers.epsnepal.gov.np लग–इन गरेर परीक्षार्थी साथीको सहयोगमा फारम भर्न सकिने छ । त्यो भन्दा पहिले ईपीएस शाखाले तोकेको ग्लोबल आईएमई बैङ्कको शाखामा आवेदन शुल्क बुझाउनु पर्ने हुन्छ । बैङ्कले पैसा जम्मा गरेको कोड दिन्छ । यो कोड अनलाइन फारम भर्दा आवश्यक पर्छ । अर्को कुरा तपाईंसँग एमआरपी (मेसिन रिडेबल पासपोर्ट) हुनु अनिवार्य छ ।
उत्पादनमूलक क्षेत्रमा फारम भरेकाले तीनवटा उपक्षेत्र छान्न पाउनेछन् । कृषिमा फारम भरेकाले भने दुईवटा उपक्षेत्र छान्नुपर्छ ।
२०७३ चैत्र १२ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...