चितवनमा कुनैपनि हालतमा स्थानीय चुनाव हुदैन - इन्चार्ज बिसी
चितवन, १४ चैत ।
नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले सरकारले घोषणा गरेको स्थानी तहको चितवनमा कुनैपनि हालतमा स्थानीय निर्वाचनलाई हुन नदिने बताएका छन् ।
पार्टीको इन्चार्ज/सेक्रेटरीको जिम्मा लिएर चितवन पुगे लगत्तै बिसीले यस्तो कुरा बताएका हुन् । उनले चुनाव देश र जनताको हितविरुद्धमा भएकाले अाफ्नो पार्टीले खारेज गर्ने निर्णय गरेको बताए । इन्चार्ज बिसीले चुनावमा सहभागी नहुन सर्वसाधारणलाई अपील समेत गरे ।
नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकपछि बसेको स्थायी समितिले सांगठानिक हेरफेरको क्रममा बिसीलाई चितवनको जिम्मेदवारी दिएको हो ।
दैलेख निवासी बिसी शिक्षा पेशाबाट जनयुद्धमा लागेका सभागी भएका थिए । बिसी २०४४ सालबाट सक्रिय रुपमा कम्युनिस्ट अान्दोलनका लागेका हुन् ।
माओवादी पार्टीभित्रको लाइन संघर्षदेखि विभाजनसम्म बिसी क्रान्तिकारी ध्रुबमा उभिएर क्रान्ति सम्पन्न गर्नुपर्ने पक्षमा अाफ्नो मत राख्दै अाएका थिए । यसअघि बिसी अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष थिए ।
प्रतिकृया दिनुहोस्
Loading...