यस कारण महिलाले साइज अनुसारको ब्रा लगाउनुपर्छ
महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्रा लगाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञले औंँल्याएका छन्।
विश्वमा करिव ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाउने गरिएको अनुमान पनि गरिएको छ, भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् ।
तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउँदा उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ ।
फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गोले गलत साइजको ब्रा लगाउँदा स्तनको आकार बिगार्ने गरेको बताइन् । घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर समस्या समेत निम्तन सक्ने उनले चेतावनी दिइन् ।
गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँन सक्ने चिकित्सकको भनाई छ । आजभोलि निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ ।
विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाका लागि स्पोर्ट्स ब्रा आवश्यक छ (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...