चुम्बनका फरक-फरक तरिका र त्यसको अर्थ


किस अर्थात चुम्बन प्रेम अभिब्यक्त गर्ने सबैभन्दा प्रभावकारी तरिका मानिन्छ । चुम्बनका तरिका भने ब्यक्ति अनुसार फरक फरक हुन्छन् । तर कस्ले कसरी चुम्बन गर्छ भन्ने ख्याल राख्ने हो भने त्यसको नियत के हो र उसको ब्यक्तित्व के हो भन्ने चाँहि बुझ्न गाह्रो छैन । 

पूर्वीय र पश्चिमा शारिरीक हाउभाउ (दयमथ बिलनगबनभ) सम्बन्धी शास्त्रका अनुसार चुम्बनको तरिकाले ब्यक्तिको भाव र नियत स्पष्ट हुन्छ ।

सेक्सको चाहाना

चुम्बन शास्त्रका अनुसार कुनै पनि ब्यक्तीले ओंठ गोलो पारेर पार्टनरलाई चुम्बन गर्छ भने उसले कुनै पनि विषयलाई गम्भीरतासाथ नलिने बुझ्न सकिन्छ । यसरि चुम्बन गर्ने ब्यक्ति सेक्सप्रति हतारिएका हुन्छन् तर उनीहरुको ब्यवहारका कारण पार्टनर बेखुसी रहने हुँदा दाम्पत्य जीवन राम्रो रहँदैन ।

प्रेमको गहिराई

मानिसहरु प्रेमको चरम अनुभवमा आँखा बन्द गर्छन् । त्यसैले कसैले पनि आँखा बन्द गरेर चुम्बन गर्छ भने त्यो चरम प्रेमको अभिब्यक्ति मानिन्छ । आँखा बन्द गरेर चुम्बन गर्नेहरुको जीवनमा प्रेम हावी हुन्छ र दाम्पत्य जीवन सुखमय रहने हुन्छ ।

चुम्बनबाट ब्यक्तिमाथि स्वामित्व

चुम्बन केवल प्रेमको अभिव्यक्ति गर्ने माध्यम मात्र होइन । कसैले पार्टनरलाई अंगालोमा कसेर चुम्बन गर्छ भने त्यो ब्यक्तिमाथिको स्वामित्वको दावी पनि हो । विशेषज्ञहरुका अनुसार यसो गरेर मानिसहरु पार्टनरमाथि अधिकार जनाउँछन् । तर यसो गर्दा दाम्पत्य जीवनमा कलह आउन सक्ने बताइन्छ ।

कोमल स्पर्श सहित चुम्बन

चुम्बन शास्त्रका अनुसार जसले चुम्बन गर्ने समयमा हतार गर्छ उसको सम्बन्धमा समस्या आउँछ । त्यसकारण कसैलाई पनि चुम्बन गर्दा विस्तारै कोमल स्पर्शसहित चुम्बन गर्नु पर्छ । यसो गर्दा दाम्पत्य जीवन पनि प्रेममय हुन सक्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...