मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठक बस्दै

  • काठमाडौं, २ चैत । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आफ्ना माग पूरा हुन नसकेको भन्दै रिसाएको मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बुधबार बैठक बोलाएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित पार्टी कार्मायालयमा दिउँसो दुई बजेपछि बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्तापछिको अवस्था, संघर्षका कार्यक्रम र अन्य विविध विषयमा छलफल हुनेछ ।

विशेष गरेर सप्तरी घटनामा चार जनाको मृत्यु भएपछि रिसाएका मधेस केन्द्रित दलका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिइएको थियो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकारले तोकिएको समयसीमाभित्र माग पूरा नगरेकाले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको बताए । अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्न मधेसी मोर्चाको बैठक आह्वान गरिएको उनले बताए ।

मधेसी मोर्चाको आजको बैठकले दोस्रो तहका नेताहरू सम्मिलित सचिवालयले तयार पारेको संघर्षका कार्यक्रमका विषयमा छलफल गर्नेछ । साथै सचिवालयले तयार पारेको कार्यक्रमलाई नै छलफल गरेर आन्दोलन घोषणा हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...