फिल्म बनाउन "माइजू" को अपहरण गर्ने विदुरको ‘मास्टर प्लान’ असफल भएपछि

  • काठमाडौं ।

बलिउड अभिनेता सलमान खानको बिग बोस कार्यक्रममा काम गरेका धादिङका विदुर पौडेल फिल्म बनाउने सपना लिएर गत बर्ष नेपाल फर्किए । फिल्म बनाएर उनी रातारात हिट हुन चाहन्थे । तर उनीसँग फिल्म बनाउने पैसा थिएन ।

फिल्म बनाउन करिब एक करोड लाग्ने हिसाब निस्कियो । तर आफन्तले पैसा दिएनन् । पैसा नभएपछि फिल्म बनाउने आफ्नो महत्वकांक्षा पूरा गर्न उनले एउटा मास्टर प्लान बनाए ।

गाउँकै एक साथीका मामा माइजू धनी रहेको सुनेका थिए । साथीकी माइजू प्रतिमा गिरी (अधिकारी) बालुवाटारस्थ्ति मुकुल सहकारीको संस्थाको अध्यक्ष थिइन् । उनैबाट पैसा असुल्ने योजना बनाए । अपहरणको धम्की दिएर एक करोड रुपैया असुल्ने ‘मास्टर प्लान’ पौडेलको थियो ।

भारतीय टेलिभिजन कार्यक्रम ‘सिआइडी’बाट सिकेर उनले आपराधिक योजना बनाई रकम असुल्ने योजना बनाए ।

-सुरुमा साथीसँग दोस्ती बढाए ।
-उनीहरुको डेरामा पनि नियमित जान थले ।
-खाईपिई गरेर बस्न थाले ।
-पछि तिनै साथीहरुबाट माइजूको सम्पत्ती तथा परिवारबारे सूचना लिए ।
-सिआईडीमा जस्तै उनले पनि साथीको मोबाइलको सिम चोर्ने योजना बनाए ।
-साथीले सुत्ने बेला सिरानीमा पर्स राख्थे । दुईवटा सिम भएकोले एउटा सिम कार्ड उनी पर्समा राख्थे । एकदिन साथीले थाहा नपाउने गरी सिम चोरी गरे ।

उक्त सिमबाट माइजूलाई धम्क्याउन थाले । तर अन्तत प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो । आजको नयाँ पत्रिकामा खबर छ |


प्रकासित मिति
२०७३ चैत्र ०३ गते

,

प्रतिकृया दिनुहोस्

Loading...