कञ्चनपुर हत्याकाण्डमा माेदीले माफी माग्नुपर्ने माओवादी केन्द्रकाे निष्कर्ष
- काठमाडौं, १० चैत ।
माअाेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अाफ्नाे चीन भ्रमणबारे जानकारी दिन बिहीबार बिहान बाेलाएकाे संसदीय दलको बैठकमा कञ्चनपुर र सप्तरी गोलीकाण्डको विषयमा पनि छलफल भएको हाे । बैठक सिंहदरबारमा बसेको थियाे ।
गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । सो घटनामा भारतीय सुरक्षाकर्मीको लापरवाही पुष्टि भएकाले भारतले माफी माग्नुपर्ने निष्कर्ष बैठकले निकालेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
यसैगरी सप्तरीमा प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचै मधेसी माेर्चाका कार्यकरूतालार्इ शहीद घोषणा गर्नुपर्ने निष्कर्ष पनि माओवादीले निकालेको छ ।
कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माण गर्ने विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमलार्इ सरकारले शहीद घोषणा गरिसकेको छ । तर पुर्वास नगरपालीकालार्इ गाेविन्द गाैतमकाे नामबाट नामाकरण गरिनुपर्ने त्यहाँका स्थानियहरूले माग गरेका छन् ।
सरकारले शहिद गाैतमकाे परिवारलार्इ दिने भनि घाेषणा गरेकाे १० लाख भने अझै नदिएकाे पिडित पक्षकाे गुनासाे छ ।
त्यस्तै एमालेको मेची-महाकाली अभियानअन्तर्गतको सभालाई सप्तरीको राजविराजमा मधेसी मोर्चाले बिथोल्न खोजेको भन्दै प्रहरीले गोली चलाउँदा ज्यान गुमाएका पाँच जनालाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि भएको प्रवक्ता भुसालले जानकारी दिइन ।
प्रतिकृया दिनुहोस्
Loading...