भरतपुर महानगरपालिका एमालेको कब्जामा : मेयरमा भट्टराइ र लब्ली बलियो, उपमेयरमा ईश्वरी
- इमान्दार मिडिया संवाददाता ।
२०५४ पछी हुन नसकेको स्थानीय चुनावको कारण जनताले आफुले चाहेको प्रतिनिधि चुन्न नपाउँदा बिकासले गति लिन सकेको छैन । जनप्रतिनिधि नहुँदा भ्रस्टाचार मौलाएको छ भने जनताले चाहे अनुसारको योजना तर्जुमा र लागू हुन सकेको छैन । स्थानीय सरकार मानिएको चुनावको घोषणाले सदनदेखी चियापसलसम्म माहोल तताएको छ ।
देशभरी माहोल तातेको बेलामा भरतपुर महानगरपालिकामा अछुतो रहने कुरै भएन । भरतपुर महानगरपालिकाको जनसंख्या तीन लाखको हाराहारीमा पुगेको छ जस्ले गर्दा सबै नेताहरूको आकर्षण बढेको हो । मुलुकको महानगर भएका कारण भरतपुरको मेयर बन्न राजनीतिक गर्नेहरूले चासो राख्नु स्वाभाविकै हो । मन्त्रीभन्दा पनि आकर्षक पद देखिने महानगरको मेयरका आकांक्षीहरू धेरै देखिने गर्छन् । चितवनमा अहिले चुनावको चहल पहल सुरु भएको छ ।
केही समय यताबाट भरतपुर महानगरपालिका नेकपा एमालेको प्रभाव क्षेत्र भएका कारण र उम्मेदवार बन्ने प्रतिस्पर्धा पनि नेकपा एमालेमा नै बढी छ । जित्ने सुनिश्चित रहेको टिकटका लागि धेरैको प्रतिस्पर्धा हुनु स्वाभाविकै हो । म उम्मेदवार बन्छु भनेर घोषणा कसैले नगरे पनि करिब आधा दर्जन नाम चर्चामा छन् ।
सबैभन्दा बढी चर्चा घनश्याम भट्टराइ र कृष्ण राज न्यौपाने ( लब्ली)को छ । घनश्याम भट्टराइ लायन्स क्लब ३२५ बि २ का गभर्नर हुन । भरतपुर महानगरपालिका भित्र रहेका सबै लायन्स क्लबहरुले पनि उनीलाई केही सहयोग पुर्याउने भएकाले उनको थप चर्चा चल्ने गर्छ । उनिले पार्टी नभइ ब्यक्तीगत भोट् खाने क्षेमता रहेकाले पार्टीले उनिलाई अवसर दिने सम्भावना छ ।
समाजसेवी नेता भट्टराइको लायन्सको कार्यकाल भने चैतमा सकिदै छ । घनश्याम भट्टराइ, नेकपा एमाले केन्द्रिय कमिटी सचिब एवम प्रबाबसाली नेता योगेस भट्टराइको नजिकको पात्र हुन । यस्ले गर्दा पनि उनिलाई सहयोग हुने छ । अर्का तिर हेर्ने हो भने अहिले नेकपा एमाले जिल्ला कमिटी चितवनमा ९२% माधव खेमाको छ , घनश्याम भट्टराइपनी माधव खेमाको भएकाले उनको सम्भावना बलियो छ ।
यता कृष्ण राज न्यौपाने ( लब्ली) एमाले जिल्ला अध्यक्ष तथा चितवन क्षेत्र नम्बर तीनका साम्सद कृष्ण भक्त पोखेरलका नजिकका पात्र हुन । साम्सद कृष्ण भक्त पोखेरलले उनिलाई भरतपुर महानगरपालिकाको मेयरको टिकट दिलाउन सहयोग गर्ने अनुमान गर्न सकिन्छ । उनी माधव खेमाकै हुन । जस्ले गर्दा उनीलाई पनि सहयोग मिल्नेछ । पश्मिन चितवन, नेपाली काङ्रेसको बलियो क्षेत्र हो तर कृष्ण राज न्यौपाने ( लब्ली)को आफन्तहरु त्यता धेरै बसोबास गर्ने गर्छन् ।
जस्ले गर्दा उनिलाई आफन्तको सहयोग हुने छ । त्यही माथि उनी सो क्षेत्रका पुरना नेता हुन । संविधानसभाको गत निर्वाचनमा रावल नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग १० हजार मतअन्तरले पराजित भएकी थिइन् भने त्यसपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका रामकृष्ण घिमिरेसँग मात्रै २५ सय मतअन्तरले पराजित भएकी थिइन् ।
यही ग्ल्यामरका कारण एमालेले रावल अघि सार्न सक्ने अर्को सम्भावना छ । तर अहिले जिल्ला कमिटी पुरै माधव खेमाको भएका कारण उनिले टिकट पाउन निकै धौधौ पर्छ । उपमेयरमा भरतपुर क्षेत्र र त्यस्को आस पासमा चर्चित महिला नेत्री तथा जिल्ला कमिटी सदस्य ईश्वरी शर्मा ढकाललाई टिकट दिने सम्भावना प्रबल छ ।
२०७३ चैत्र २ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...