पोखराबाट जनसरकार प्रमुखसहित १० गिरफ्तार

  • काठमाडौं, २८ फागुन ।
बन्दका क्रममा देशभरबाट २ करिब दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा शनिबार बिहानै प्रहरीले पोखराबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक (लखनचोक)बाट ६ जना र लेखनाथ नगरपालिकाको पावरहाउसबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनसरकार प्रमुख जगन तिवारी ‘जगन बा’, अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेलसहित अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ंगानालाई गिरफ्तार गरेको छ। उनीहरुलाई रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ ।

त्यसैगरी लेखनाथको पावरहाउसबाट कुमार, दिव्य गोगै तमु, रामजी बराललाई गिरफ्तार गरी डाँडाको नाक प्रहरीचौकीमा राखेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...