एसइइ परीक्षा : पहिलो दिन एकै जिल्लाबाट नौ बोरा चिट बरामद !

  • इमान्दार मिडिया संवाददाता, महोतरी ।

आजदेखि सुरु भएको एसइइको परीक्षामा देशभरका विभिन्न स्कुलहरुमा बोराका बोरा चिट भेटिएको छ । परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट बरामद गरेको हो । 

यता महोतरीमा भने रमाइलो घटना घरेको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको । प्रहरी र शिक्षकहरुले यस्तो बताएका हुन् ।

कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...