स्थानीय चुनाव सुरक्षा योजनाः दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं,१८ फागुन ।
स्थानीय तहको चुनावका लागि सुरक्षा योजना पारित भएको छ ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तह चुनाव सुरक्षा योजना २०७३/७४ पारित गरेको हो ।
२०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको चुनावमा सबै सुरक्षा निकायका गरी जम्मा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आबश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्
Loading...