आज पहाडी क्षेत्रमा पानी र काठमाडौंमा घाम लाग्ने
काठमाडौं, १ चैत ।
मंगलबार काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा दिनभर घाम लाग्ने छ ।
पहाडी क्षेत्रमा भने दिउँसो पख बदली भइ केही ठाउँमा हल्का पानी पर्न सक्ने वरिष्ठ मौसमविद सुजन सुवेदीले जानकारी दिए ।
पहाडी क्षेत्रमा भने दिउँसो पख बदली भइ केही ठाउँमा हल्का पानी पर्न सक्ने वरिष्ठ मौसमविद सुजन सुवेदीले जानकारी दिए ।
पश्चिमी वायुको प्रभाव कम हुँदै गएपछि अब तापक्रम क्रमिक रुपमा बढ्ने उन बताए । काठमाडौं उपत्यकामा मंगलबारको न्युनतम तापक्रम ९ डिग्रि सेल्सियस मापन गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...