जनगणतान्त्रिक मन्चका वरिष्ठ उपाध्यक्ष सहित ११ जना रत्नपार्कबाट पक्राउ

- काठमाडौं, २८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा राजधानीबाट थप ११ जना पक्राउ परेका छन् ।
बन्द सफल बनाउन जुलुस सहित सडकमा निस्किएका जनगणतान्त्रिक सम्पर्क मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी सहित ११ जना रत्नपार्कबाट पक्राउ परेका हुन् ।
पिके क्याम्पस बागबजार बाट आउदै गरेको जुलुसमा सहभागि उनीहरुलाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मन्चका केन्द्रिय उपाध्यक्ष उद्धव पौडेल , महासचिव हिरा पहाडि , सचिव पूर्ण श्रेष्ठ , अर्जुन कटुवाल , सर्लाहि काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष पदम मगर , झनक श्रेष्ट , ओखखलढुगा काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव हरि श्रेष्ठ ,सदस्य तीलबहादुर बुढाथोकि , काभ्रे काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव नकुल चौलागाई , रामेछाप काठमाडौ जनगणतन्त्रीक सम्पर्क मन्चका सचिव रुपक श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको जनाईएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...