लमजुङमा राप्रपासहित तीन दल चुनाव लड्न नपाउने

  • लमजुङ ८ चैत ।

लमजुङमा तीन दलले स्थानीय चुनाव लड्न नपाउने भएको छन् । 

निर्वाचन आयोगले तोकेको समयावधिभित्र जिल्लामा निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएका कारण राप्रपासहित नेकपा (माक्र्सवादी लेनिनवादी) र देशभक्त समाज पार्टी निर्वाचनमा सहभागी हुन पाउने छैन् । तर समयमा दर्ता नगराएका दलले स्वतन्त्र उम्मेदारका रुपमा मात्र निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसीप्रसाद तिमिलसेनाले बताए । 

कार्यालयप्रमुख तिमिलसेनाका अनुसार निर्वाचन आयोगले २०७३ माघ १७ सम्म जिल्लामा दल दर्ता गरिसक्नुपर्ने प्रावधान राखेको थियो । तर तीन दलले भने म्याद सकिएपछि मात्रै दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । 

जिल्लामा ११ दलले भने समयमै दल दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार समयमा दल दर्ता गराउनेमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाली काँग्रेस, नेकपा (माले–जनसमाजवादी), मधेसी जनअधिकार फोरम, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय शिवसेना पार्टी र युनाइटेज ग्रिन अर्गनाइजेसन पार्टी रहेका छन् । 

स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक सय २३ मतदानस्थल कायम गरिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...