हावाहुरीका कारण रुख ढल्दा २० जनाको मृत्यु, २० घाइते

  • एजेन्सी, ७ चैत ।

घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको ज्यान गएको छ । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो ।

घटनास्थलमै १८ जना विद्यार्थीको ज्यान गएको अरु दुई जनाको अस्पतालमा ज्यान गएको हो । घटनामा २० जना भन्दा धेरै घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको सरकारी अधिकारीले बताएका छन् ।

घटना लगतै रुखमा च्यापिएका मानिसको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएको बिबिसीले जनाएको छ । घटनामा परि ज्यान गुमाउने र घाइते हुनेमा धेरै स्थानीय विद्यालयका विद्यार्थी रहेका छन् । केही पर्यटक पनि छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...