कार दुर्घटनामा परि युएईमा एक नेपालीको मृत्यु, दुईजना घाइते

  • युएई, ५ चैत ।

कार दुर्घटनामा परि युएईमा एक नेपालीको ज्यान गएको छ ।

अरु देशका २ जना घाइते भएका छन् । उनीहरुको अलऐनमा रहेको अलजिमी अस्पतालमा उपचार भईरहेको छ ।

कञ्चनुपर दैजी २ बसन्तथलाका निराजन शाहीको गएको बिहीबार राति काम सकेर फर्कंदै गर्दा कार दुर्घटनामा परेर ज्यान गएको हो । उनि युनाईटेड सेक्युरोटी ग्रुप कम्पनी अन्तर्गत अलऐनमा कार्यरत थिए ।

कम्पनीकै सुपरभाइजर लगायत साथीहरुसँग बवादी मल नजिकै सारीकातमा रहेको कम्पनीको कोठामा फर्कर्ने क्रममा टायरमा खराबी आएर कार दुर्घटना भएको कम्पनीले जानकारी दिएको छ ।

शव नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...