सर्वाेच्चकाे निर्णयप्रति देउवा अाक्राेशित

  • काठमाडौं, ९ चैत ।

कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिबीचको शीतयुद्ध छताछुल्ल हुने गरी भएको प्रहरी महानिरीक्षक नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कांग्रेस सभापति देउवा दु:खी भएको उनी निकट एक नेताले बताएका छन् ।

जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर भएपछि देउवा दुखी भएका हुन । ती नेताका अनुसार दुई, तीन दिनदेखि सार्वोच्च अदालतबाट यस्तो फैसला आउँछ भन्ने कुरामा सभापति देउवा जानकार थिए।

देउवाले प्रधानमन्त्रीलाई समेत चर्को दबाब दिएपछि गृहमन्त्री निधि अन्तत प्रहरी महानिरीक्षकमा चन्दलाई नै सिफरिस गर्न बाध्य भएका थिए । आइजीपी प्रकरणमा देउवा मुछिएपछि कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसमेत असन्तुष्ट थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...