महिनादिनभित्र स्थानीय तहमा नागरिक वडापत्र राख्न सरकारलाई निर्देशन 



काठमाडाैं, ८ चैत्र ।

व्यवस्थापिका संसदको विकास समितिले स्थानीय तहले दिने सेवाबारे जानकारी दिन १ महिनाभित्र सबै स्थानीय तहमा नागरिक वडापत्र राख्न सरकारलाई निर्देशन दिएको छ ।

विकास समितिको आजको बैठकले विगतभन्दा स्थानीयतहले नागरिकलाई दिने सेवा बढेकाले उनिहरुलाई जानकारी गराउन सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले ३० दिनभित्र नागरिक वडापत्र राख्नुपर्ने ब्यावस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै, शासन सञ्चालन प्रभावकारी बनाउन चाहिने जनशक्ति परिचालनबारे सर्वेक्षण गर्न, स्थानिय तहको कामबारे स्थानीय तहमा खटिएका कर्मचारीलाई प्रदेशगत रुपमा १५ दिने तालिम दिन पनि निर्देशन दिइएको छ ।

बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विनियोजित बजेटको खर्चमा अन्यौल देखिएकाले १५ दिनभित्र स्पष्ट कार्यविधि बनाउन निर्देशन दिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...