डेमोक्र्याटिक पार्टीका कारण आफ्नो स्वास्थ्य सम्बन्धी विधेयक असफल भएको ट्रम्पको आरोप
एजेन्सी, १२ चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक डेमोक्र्याटिक पार्टीका कारण असफल भएको आरोप लगाएका छन् ।
पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने समर्थन जुटाउन नसकेपछि मतदानमा नलगि राष्ट्रपति ट्रम्पले फिर्ता लिनु परेको थियो । विधेयक पारित हुन चाहिने न्युनतम दुई १५ सिनेटरको समर्थन जुटाउन नसकेपछि विधेयक फिर्ता लिएका थिए ।
वासिङ्टन पोस्टसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक सिनेटरको एक मत पनि नपाएकाले विधेयक फिर्ता लिनु परेको आरोप लगाए । अन्तिम समयआएर विधेयक फिर्ता लिन पर्ने अवस्था आउनु राष्ट्रपति ट्रम्पलाई ठूलो झड्का रहेको विश्लेषण गरिएको छ ।
रिपब्लिकन सिनेटरले नै पर्याप्त समर्थन नगरेका कारण विधेयक फिर्ता लिनु परेको अमेरिकी सिनेटका सभामुख पउल रायनले बताए । ओमाका केयरलाई विस्थापित गर्नु ट्रम्पको महत्वपूर्ण चुनावी एजेण्डा मध्ये एक हो । तर ट्रम्पले यसैमा ठूलो बाधाको सामना गर्नुपरेको छ ।
यसअघि यात्रा प्रतिबन्ध सम्बन्धी पहिलो कार्यकारी आदेश अदालतले कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प समस्यामा पर्नुभएको थियो ।त्यसपछि ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी आदेशमा पनि अदालत विपक्षमा उभिएको छ । स्वास्थ्य सम्बन्धी विधेयक अमेरिकन हेल्थ केयर एक्टको विपक्षमा २८ देखि ३५ रिपब्लिकन सिनेटर नै रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस्
Loading...