नेताहरूले गाैतमकाे शव उतै जलाउने तयारी थालेपछि आनन्द बजारका स्थानीयहरु ढुंगामुढा गर्दै

  • हेमन्त न्यौपाने । 
  • अान्नदबजार, २८ फागुन ।
भारत संगको झडपमा परि एसएसबीको गोलि लागि मृत्यु वरण गरेका गोविन्द गाैतमलाई सरकारले सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय गरेपनी स्थानीय नेताहरुले भने अर्कै तयारी गरेका छन् ।

राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिँदा थप हिंसा भड्कन सक्ने भन्दै स्थानीय नेताहरुले त्यसो गर्न नहुने भनेपछि स्थानीयहरु आक्रोशित बनेका छन्।

विशेषगरि नेपाली काँग्रेसले सहिद गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गर्न नहुने बताएकाे छ । त्यसाे गर्दा थप हिंसा भड्कन सक्ने कांग्रेस नगर सभापति यम प्रसाद पौडेलकाे तर्क छ । नेताहरूले गाैतकाे शब उतै जलाउने तयारी गरेकाे बुझिएकाे छ ।

तर गाैतमकाे राष्ट्रिय सम्मानका साथ मात्रै अन्त्यष्टी गरिनु पर्ने माग राख्दै अहिले स्थानीय आक्रोशित बनेका छन । उता सिमा क्षेत्रमा नेपाल प्रहरी र ससस्त्र प्रहरी माथी आक्रोशित स्थानीयहरुले ढुंगामुढा गरिरहेका छन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...