उपेन्द्र यादवले दिल्लीबाट ल्याए समस्या समाधानको नयाँ सूत्र !
- काठमाडौं, ११ चैत।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई गलाउन दिल्लीबाट नयाँ सुत्र लिएर फर्केको अनुमान गरिएको छ ।
नेपालमा राजनीतिक माहोलले नयाँ मोड लिईरहेको बेला यादव एक्कासी दिल्ली उडेका उपेन्द्र यादवले तीन दिने भ्रमण सकाएर स्वदेश फर्किएका छन्।
नयाँ दिल्लीमा रहँदा उनले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ।
संयुत्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका समेत संयोजक रहेका अध्यक्ष यादवले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावले मुलुकको निकास ननिस्किने ठोकुवा गर्दै आएका छन्।
तर पछिल्लो समय सत्तारुढ दलले सिमांकनबाहेकका अन्य तीन वटा विषयलाई चुनाव अघि नै पारित गराउने तयारी गरेपछि मोर्चाका नेताहरुमा पनि मत बाझिएको थियो। मोर्चाका शीर्ष नेताहरुमै चुनावमा भाग लिने वा नलिने भन्नेबारेमा दुबिधा देखिएको छ।
मोर्चामा आवद्ध कतिपय दलहरुले चुनावमा भाग लिने भन्दै जिल्लामा धमाधम दल दर्ता गरिरहेका छन् भने कतिपयले स्थानीय तह कार्यान्यवयनमा अवरोध पुर्याईरहेका छन्।
नयाँ दिल्लीमा रहँदा भारतीय शीर्ष नेताहरुलेपनि यादवलाई चुनावमा जानको लागि जोड दिएका थिए। स्रोतका अनुसार चुनाव हुनुपर्छ भन्ने कुरामा भारत पनि स्पष्ट रुपमा आएको छ।
अध्यक्ष यादवले दिल्ली उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। उक्त भेटमा प्रधानमन्त्री दाहालले चुनावमा सहभागी हुनको लागि आग्रह गरेका थिए। तर यादवले पहिला संशोधन प्रस्ताव पारित हुनुपर्ने अडान लिएका थिए।
नयाँ दिल्लीबाट फर्किएका यादवलेपनि पार्टीभित्र आन्तरिक छलफल गरेर अब कसरी अघि बढ्ने भन्नेबारेमा निश्कर्ष निकाल्ने बुझिएकाृे छ।
प्रतिकृया दिनुहोस्
Loading...