माले र एमालेबीच एकता हुदै, छिट्टै घोषणाको तयारी

  • काठमाडौं, ६ चैत । 

नेकपा मालेका महासचिव सिपी मैनालीले एमालेसँग स्थानीय निर्वाचन अघि नै एकता हुन सक्ने बताएका छन् ।

रफत सञ्चार क्लबद्धारा आयोजित साक्षात्कारमा बोल्दै महासचिव मैनालीले एमालेले सैद्धान्तिक विषयमा स्पष्ट खाका ल्याए निर्वाचन अघि नै दुई पार्टी एकीकरण हुन सक्ने बताए ।

सात वर्षदेखि एमालेले एकीकरणका लागि कुनै प्रस्ताव नल्याएको भन्दै उनले अहिलेसम्म एकीकरणको कुरा हल्ला मात्र भएको प्रस्ट पारे ।

एमालेसँग कार्यगत एकता सम्भव भए पनि कतिपय कुरामा मतभिन्नता रहेको बताउँदै उनले सैद्धान्तिक सहमति नभएमा आगामी निर्वाचनमा माले एक्लै चुनावी मैदानमा उत्रन सक्ने पनि संकेत गरे ।

मैनालीले महाकाली सन्धिदेखि एमालेसँगको सम्बन्धविच्छेद भएको बताउँदै एमालेबाटै ठोस प्रस्ताव आए एकीकरण हुनसक्ने दोर्होयाए ।

दलहरूको कमजोरीले गर्दा राष्ट्रियता गुम्दै जाने खतरा बढिरहेको बताउँदै उनले राष्ट्रियता इतिहासकै सबैभन्दा कमजोर भएको बताए । सबै कुरा मिले जतिसक्दाे छिटाे उकताकाे तयारी थालीने स्राेतकाे भनार्इ छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...