उत्तर कोरियाका साढे २ करोड जनता भोकमरिको चपेटामा, लाखौंको ज्यान जाने खतरा
- एजेन्सी, १० चैत ।
उत्तर कोरियाका ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । उत्तर कोरियाका हरेक पाँचमा दुई जना कुपोषित रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
यस्तै उत्तर कोरियाका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहयताको भरमा रहेको राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । उत्तर कोरियाका धेरै नागरिक आधारभुत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट पर रहेको राष्ट्रसंघले जनाएको छ । यस्तै बालमृत्युदर पनि उच्च रहेको छ ।
पाँच वर्षमुनिका बालबालिकाको ज्यान जानुको मुख्य कारण छाडापखाला र निमोनिया रहेको छ । उत्तर कोरियाको जनसंख्या झण्डै दुई करोड ५० रहेकोमा एक करोड ८० लाख मानिस भोकमरिको चपेटामा परेका छन् । त्यसमध्ये एक करोड पाँच लाख मानिस कुपोषित रहेको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरियामा सरकारी फर्ममा खेती हुने गरेको छ र त्यसमा सरकारकै नियन्त्रण रहन्छ ।
हरेक वर्ष लाखौं मानिस भोकमरीको चपेटामा पर्ने गरेका छन् । सन् १९९० को दशकको व्यापक भोकमरीका कारण लाखौं मानिसको ज्यान गएको थियो । मानवीय सहायताका कारण अहिले अवस्था केही सुधार भएपनि समस्या बिकराल नै रहेको राष्ट्रसंघको भनाई छ ।
प्रतिकृया दिनुहोस्
Loading...