संसदीय दलको बैठकमा प्रचण्डको चर्को आलोचना र ब्यांग्य

  • काठमाडौं, ८ चैत । 
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको पार्टी संसदीय दलको बैठकमा आफ्नै सांसदहरुले चर्को आलोचना गरेका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा सरकारले पछिल्लोपटक पार्टी अध्यक्षले सांगठानिक सुधारका कार्यक्रम प्रस्तुत गर्न नसकेको र सरकारले गरेको बजेट वितरणले भूगोलमा पार्टीलाई नकारात्मक असर परेको भन्दै आलोचना गरेका हुन् ।

सरकार र पार्टीमा पाहुँच राख्ने सीमित नेताहरुको जिल्लामा मात्र बजेट छुट्याइएकोले देशभर पार्टी संगठन विस्तार फितलो भएको बताउँदै सांसदहरुले अहिलेकै अवस्थामा स्थानीय तहको चुनाव जित्न नसकिने बताए । ‘बजेट पार्न पनि ठूलै नेता चाहिने भो’ भन्दै अध्यक्षलाई ब्यांग्य गरेका थिए ।

निर्वाचनमा जानेनै हो भने पहिलो पार्टी संगठन सुदृढ गर्नुपर्ने उनीहरुको तर्क छ । संगठन सुदृढसम्बन्धी अध्यक्षसँग ठोस योजनै नभएको र यस्तो स्थितिमा चुनाव परिणाम अर्कैको पोल्टामा जाने सुझाव समेत प्रधानमन्त्रीलाई दिए ।

चितवन, रोल्पा, रुकुमगायतका जिल्लामा चाहिनेभन्दा बढी बजेट रकमान्तर भएकोप्रति सांसदहरुले गुनासो गरे । प्रधानमन्त्रीको चीन भ्रमणका कार्यक्रमबारे पार्टीका केन्द्रीय नेतालाई जानकारी नदिइएको विषयमा बैठकमा चर्को रुपमा उठेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...