संसद वैठकले आज तीन महत्वपूर्ण विधेयक पारित गर्ने

  • काठमाडौं, ६ चैत ।

व्यवस्थापिका संसदको वैठक आइतबार बस्दै छ । बैठकले स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण दुईवटा विधेयक पारित गर्ने संसद सचिवालयले जनाएकाे छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक र उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले पेश गर्ने गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक पारित गर्ने कार्यसूचि रहेकाे छ ।

यस्तै, संसदबाट आइतबार पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सुविधा सम्बन्धी विधेयक पारित गर्ने तयारी छ । संसदले पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक २०७३ सामान्य छलफल गरि फाष्टट्रयाकबाट पारित गर्न लागेको हो । यो विधेयक उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पेश गर्नेछन् ।

संसदले आइतबार नै प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक तथा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सेवा र सुविधाका अन्य शर्त सम्बन्धी विधेयक आइतबार नै समितिमा छलफलका लागि पठाउनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...