टेलिकम नेपालको गौरव गर्ने ठूलो संस्था : सञ्चारमन्त्री

  • काठमाडौँ, ६ चैत ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्ने बताएका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन टेलिकमको एकता घोषणा सभालाई आज यहाँ सम्बोधन गर्दै उनले टेलिकमको क्षमता विस्तार गरी विकासमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । 

“टेलिकम नेपालको गौरव गर्ने ठूलो संस्था हो, यसलाई थप सुदृढ गरी पैसा कमाउने ‘सिस्टर अर्गनाइजेसन’ खोलेर ‘फ्रिज’ भएको रकम सदुपयोग गर्न जरुरी छ, अहिले यो प्रतिस्पर्धीविहीन छ, अन्य कम्पनी आउँदैछन्, उनीहरु भन्दा अब्बल बनाउन सबैखाले आधार तयार गर्नुपर्छ।''

टेलिकमले अन्तर्राष्ट्रिय उडान भर्ने विमान र ठूला प्राविधिक विश्वविद्यालयमा लगानी गर्ने क्षमता विस्तार गर्न जरुरी भएको पनि उनले उल्लेख गरे । 

मन्त्री कार्कीले कर्मचारी सङ्गठनको एकतालाई संस्था सबलीकरण र सुदृढीकरणमा जोड्न सके संस्था तथा मजदुर कर्मचारीको हित हुने विश्वास पनि व्यक्त गरे । 

,

प्रतिकृया दिनुहोस्

Loading...