भारतीय हस्तक्षेपबिरुद्ध वैद्य माओवादीको काठमाडौंमा मार्च पास

  • काठमाडौं । 

एक जना नेपालीको ज्यान जाने गरी भारतीय सुरक्षाकर्मीले कञ्चनपुरमा मच्चाएको हत्याकाण्डको विरोधमा नेकपा (क्रान्तिकारी)माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

दिउँसो १ बजे बाट खुलामञ्चबाट सुरु भएको मार्चपास प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई पार्टीका अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेका थिए । कञ्चनपुर घटनाका साथै एमालेको मेची-महाकाली अभियानको क्रममा सरकारले सप्तरी गरेको हत्याकाण्डको विरोधमा पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग नेवा राज्यको अायोजनामा मार्चपास गरिएको हो ।

‘सप्तरी हत्याकाण्डको विरोध गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं !!’ भन्ने नारा लगाउँदै युवाहरुले पार्चपास गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...