काँग्रेसले १ र राप्रपाले ९ जिल्लामा चुनाव लड्न नपाउने

  • काठमाडाैं, ६ चैत्र ।

नेपाली काँग्रेसले डोल्पामा चुनाव लड्न नपाउने भएको छ । निर्वाचन अायोगले स्थानीय निर्वाचनको लागि दल दर्ता गर्न दिएको मितिभित्र दल दर्ता नगरेपछि काँग्रेस र राप्रपा छुटेका हुन् ।

त्यसैगरी राप्रपाले मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा चुनाव लड्न नपाउने भएको छ । यी जिल्लामा दल दर्ता गर्न छुटेको प्रवक्ता सुशीलकुमार श्रेष्ठले स्वीकार गरे । पार्टी महाधिवेशनमा व्यस्त भएका कारण छुटेको श्रेष्ठले बताए ।

निर्वाचन आयोगले दिएको पुस २५ देखि माघ १७ भित्र दल दर्ता गर्ने समय तोकेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...