मेची महाकाली अभियानमा रोक लगाउनेबारे मन्त्रीपरिषदमा छलफल

  • काठमाडौं, २५ फागुन ।  

मन्त्रिपरिषदको सिंहदरबारमा बसेको बैठकमा नेकपा एमालेको मेची महाकाली अभियानमा रोक लगाउनु पर्ने आवाज उठेको छ ।

एमालेको मेची महाकाली अभियानको विरोधमा प्रदर्शनमा उत्रिएका चार जनाको प्रहरीको गोली लागेर सप्तरीमा ज्यान गएपछि विकसित घटनाक्रमबारे छलफल गर्न बसेको मन्त्रीपरिषद बैठकमा अभियानमाथि रोक लगाउनु पर्ने आवाज उठेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभियान रोक्न गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको भन्दै केहि मन्त्रीले सरकारले नै अभियानमा रोक लगाउनु पर्ने माग गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...