सवारी दुर्घटनामा घाइते एमाले सांसद दुलारी देवीको निधन
काठमाडौं, ११ चैत ।
गत चैत ५ गते सवारी दुर्घटनामा परी गम्भिर घाइते भएकी एमाले सांसद दुलारी देवीको विहिबार राति निधन भएको छ ।
सांसद दुलारी भारतको सीतामढी बजारतर्फ जाने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भई राजधानीको ग्वार्काे स्थित बी एन्ड बी अस्पतालमा उपचाररत थिइन् ।
दुलारीको निधनपछि एमालेका नेता कार्यकर्ता अस्पताल पुगेका छन् । दुलारी सर्लाहबाट एमालेकी समानुपातिक सांसद थिइन् ।
दुलारीलाई अन्तिम श्रद्धाञ्जलि दिन उनको पार्थिब शरीरलाई बिहिबार विहान एमाले केन्द्रिय कार्यालय धुम्बराहीमा राखिने छ । नेकपा एमालेले दुलारीको श्रद्धाञ्जलिमा सहाभागी सबै नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।
सवारी दुर्घटनामा गम्भीर घाइते भएकी सांसद दुलारीको दुई दिनअघि मात्रै खुट्टा काटिएको थियो ।
मोटरसाइकलमा जाने क्रममा भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिँदा दुलारी गम्भीर घाइते भएकी थिइन् भने मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...